प्रधानमन्त्री देउवा र सीके राउतबीचकाे भेटवार्ता, के के भयाे सहमति ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीचकाे भेटवार्ता सकिएकाे छ । स्राेतका अनुसार भेटवार्ताका लागि कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमका पुग्नु भएकाे थियाे ।

कांग्रेस नेता निधिले समाजिक सञ्जाल ट्वीटरमार्फत भेटवार्ताकाे बारेमा जानकारी दिनुभएकाे छ । उहाँले ट्वीटरमार्फत जानकारी दिँदै भन्नुभयाे, ‘भेटवार्ता सकारात्मक र परिणाममुखी भएको छ।’

Advertisement

गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको कांग्रेस नेता निधिले ट्वीटरमार्फत जानकारी गराउनु भयाे ।

यसपटकको चुनावमा जनमत पार्टीबाट प्रतिनिधिसभामा अध्यक्ष राउत नै निर्वाचित भएका छन् भने समानुपातिक पद्धतिको मतगणनामा पनि हालसम्मको गणनामा उसले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेको छ ।

यसअघि निधिले बुधबार पनि जनमत पार्टीका अध्यक्ष राउतसँग भेट गरेका थिए ।

More News last news
Loading...