COPD दिवसको अवसरमा नेपाल नेशनल अस्पतालको जनचेतनामुलक र्‍याली सम्पन्न

१०० जनाले गरे रक्तदान

काठमाडौँ । नेपाल नेशनल अस्पताल, कलंकी, रोटरी क्लब अफ काठमाडौँ हेल्थ प्रोफेसनल, रोट्रयाक्ट क्लब अफ नेपाल नेशनल हस्पिटल र लायन्स क्लब अफ काठमाडौँ कर्पोरेट नेपालको संयुक्त आयोजनामा विश्व COPD जनचेतना महिनाको अवसरमा र्‍याली सम्पन्न भएको छ ।

Advertisement

आज (शनिबार) बिहान ८ बजे अस्पताल (कलंकी)बाट शुरु भएको जनचेतनामुलक र्‍याली रविभवन, सोल्टीमोड, बाफल हुँदै पुनः अस्पतालको प्राङगणमा आएर कोणसभामा परिणत भएको थियो।

उक्त र्‍यालीमा डाक्टर, समाजसेवी, कलाकार, राजनीतिक दलका नेता, विद्यार्थी, पत्रकार लगायत करिब एक हजार जनाको सहभागिता रहेको थियो। ‘तपाइँको फोक्सो जीवनको लागि रक्षा’ भन्ने मुल नाराका साथ नेशनल अस्पतालले विश्व COPD दिवस मनाएको हो। विश्वमा COPD भएका देशहरू मध्ये नेपाल पनि उच्च जोखिममा रहेको छ।

अस्पतालका मेडिकल डाइरेक्टर एवम् पल्मोनरी विशेषज्ञ डा. प्रकाश पौड्यालले COPD भने, फोक्सोको एउटा दीर्घ दम हो र यसको महत्व कोभिडको समय देखि झन बढ्दै गएको बताए। हरेक वर्ष यस दिवस सम्बन्धी जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने गरेको डा. पौड्यालले जानकारी दिए ।

डा. पौड्यालका अनुसार COPD को मुख्य उद्देश्य धुम्रपानबाट टाढा रहनु उचित रहेको र विभिन्न वायु प्रदुषणबाट फोक्सोलाई बचावट गर्नु हो। यसका लागि हामी‌ सबैले हातेमालो गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता छ । उक्त दिवसका अवसरमा अस्पताल प्राङगणमा रक्तदान कार्यक्रम पनि गरिएको थियो । रक्तदानमा १०० जना भन्दा बढीले रगत दान गरेका थिए।

 

More News last news
Loading...