समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी, एमाले पछ्याउँदै कांग्रेस

काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पछि पार्दै माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको हो । यस अघि रास्वपा निरन्तर तेस्रो स्थानमा थियो ।

१२:५३ सम्मको मतगणना अनुसार तेस्रो स्थानमा रहेको माओवादीले ८ लाख १ हजार ५२४ मत पाएको छ भने चौथो स्थानमा झरेको रास्वपाले ७ लाख ९९ हजार ३२० पाएको छ।

Advertisement

पहिलो स्थानमा रहेको एमालेले १८ लाख ९६ हजार ७३१ मत पाएको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ । कांग्रेसले १८ लाख २९ हजार ७९१ मत पाएको छ।

समानुपातिक मतगणना सुरु भएसँगै लगातार चौँथो स्थानमा रहेको माओवादी केन्द्र अहिले भने मत बढाउँदै तेस्रो स्थानमा उक्लिएको हो ।

More News last news
Loading...