भक्तपुर–२ मा झन् पछि परे महेश बस्‍नेत, अग्रता बढाउँदै दुर्लभ 

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर–२ मा जारी मतगणनामा नेपाली कांग्रेसका उमेद्वारले अगैता बढाएका छन् । एमालेका महेश बस्नेत पछि पछि छन् ।

आइतबार दिउँसो १० हजार ४३६ मत गन्दा कांग्रेसका दुर्लभ थापा क्षेत्रीले ४ हजार ११९ मतसहित अग्रस्थानलाई कायमै गरेका छन् । दोस्रो स्थानमा रहेका एमाले उमेद्वार महेश बस्नेतको ३ हजार ६८४ मत छ ।

Advertisement

यस्तै, नेपाल मजदूर किसान पार्टीका अनुराधा थापामगरको ८६९ सहित तेस्रो स्थानमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक ७३५ मतसहित चौथो स्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसी ४५० मत प्राप्त गरेका छन् । यसअघि उक्तक्षेत्रमा एमालेका महेश बस्नेत बिजयी भएका थिए ।

More News last news
Loading...