काठमाडौं । बिहानदेखि १३ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ । जारी निर्वाचन क्षेत्रमध्य ६ निर्वाचन क्षेत्रमा एमाले अगाडि छ । कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी ३–३ क्षेत्रमा अगाडि छन् ।
गणना सुरू भएका झापा २, धनुषा ३, बाँके ३ र ललितपुरका तीनवटै क्षेत्रमा एमाले अगाडि छ । एमालेका प्रभावशाली नेता महेश बस्नेत भक्तपुर– २ मा पछि परेका छन् । बस्नेतको क्षेत्रमा कांग्रेसका दुर्लभ थापाले भारी मतको अग्रता लिएका छन् ।
यसैगरी, मुस्ताङ १,भक्तपुर २, र काठमाडौँ १ मा कांग्रेस अगाडि छ । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ७ र कास्की २ मा अग्रता लिएका छन् ।
माओवादी केन्द्रकी नेता ऊर्जामन्त्री समेत रहेकी ललितपुर ३ पम्फा भुसाल निकटतम प्रतिद्वन्द्वी समेत हुनुहुन्न । एमालेका अमृत खड्कासँग राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले प्रतिष्पर्धा गर्दै छन् ।
यसैगरी, मानुषी भट्टराई यमी काठमाडौं ७ मा चौथो नम्बरमा छन् । रवि लामिानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ ६, काठमाडौँ ७ र कास्की २ मा अग्रता लिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
