काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान हुने दिन आउन एक दिन मात्र बाँकी छ । यस क्रममा आफ्नो भाग्य र भविष्यको फैसला गर्न मतदाताहरु आफ्नो थलो फर्कने क्रम जारी छ ।
अहिलेसम्म राजधानीबाट मात्रै आठ लाख मतदाता बाहिरिएको नेपाल राष्ट्रिय स्वतन्त्र यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । सिटौलाले भने, ‘कात्तिक १५ देखि काठमाडौंबाट बाहिरिने क्रम सुरु भयो ।
त्यतिबेला राजनीतिक पार्टीका नेता, कार्यकर्ता, सुरक्षा निकाय गए भने । कात्तिक २५ गतेदेखि हिजोसम्म सार्वजनिक यातायातमा मतदाताको चाप बढ्यो । अहिलसम्म आठ लाखको हाराहारीमा मेचीमहाकाली पुगेको हाम्रो तथ्यांक छ ।’
यसपटक राजनीतिक दलहरुले नै बुकिङ गरेर लगेको पनि उनले बताए। सिटौलाका अनुसार, हिजो बेलुकीसम्म अलि टाढाका जिल्लाका गए आज राजधानी नजिकका जिल्ला रसुवा, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोरखा, तनहुँ, रामेछाप, सिन्धुलीमा जाने धेरै छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
