भोजपुर । भोजपुरको पौवादुङमा गाउँ पालिकाको प्याउलीमा भएको सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ।
सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि बम पड्किएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
यसबारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। यो सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्डसमेत सहभागी हुने तयारी छ। तर उनी कार्यक्रमस्थलमा नपुग्दै विस्फोट भएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
