‘ओलीका ४ गल्तीले देश दुर्घटना, बा प्रवृत्तिविरुद्ध गठबन्धन’

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बा प्रवृत्तिविरुद्ध गठबन्धन भएको बताउनुभएको छ। गलकोटमा घरदैला तथा कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केपी ओली ‘बा’ प्रवृत्तिविरुद्ध ५ दलीय गठबन्धन भएको बताउनुभएको हो ।

“केपी ओली प्रतिगमनकारी हुन्,” उहाँभन्नुभयो, “संविधान मिच्ने, छोराछोरीले भनेको मात्रै सुन्न र न्यायलयमाथि हमला गर्ने केपी ओली“बा”प्रवृत्तिविरुद्ध पाँच दलीय गठबन्धन भएको हो ।”

Advertisement

तत्कालीन प्रधानमन्त्री ओलीका ४ गल्तीले देश दुर्घटनाको बाटोमा गएको उहाँले आरोप लगाउनुभयो । ओलीले संविधानको चिरहरण गरी दुई दुई पटक जनप्रतिनिधिको सर्वोच्च थलो संसद विघठन गर्ने, आफ्नै नेतृत्वको नेकपा फुटाउने, न्यायलयमाथि हस्तक्षेप गर्ने र राष्ट्रपति पदको दूरुपयोग गरी संविधान कुल्चनेलगायतका काम गरेको उहाँको आरोप छ।

ओलीले न्यायलयमाथि गरेको हस्तक्षेपकारी भूमिकाले न्यायालयअझै गतिमा आउन नसकेको बताउनुभयो । पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालो कतन्त्रप्रति प्रतिबद्ध भएका कारण निर्वाचन समयमै भएको बताउनुभयो । उहाँले शिक्षा मन्त्री भएको बेला जिल्लामा विद्यालयको पूर्वाधार निर्माणका लागि अरबौं रकम भित्र्याएको बताउनुभएको छ ।

“बागलुङ जिल्लामा विद्यालय भवनका लागि बजेट हाल्दाविपक्षीले मेरो आलोचना गरे,” उहाँले भन्नुभयो, “ओलीप्रधानमन्त्रीहुँदाझापामा टावरहाल्दाउनको आलोचनानहुने मैले विद्यालयभवननिर्माणका लागि बजेट हाल्दाआलोचितहुनपर्ने ?”पौडेलले जनताको मौलिकहकसँग सम्बन्धित ३३ वटा कानुननिर्माण गरेको बताउँदै कार्यान्यन हुने चरणमा रहेको उल्लेख गर्नुभयो ।

देशमाबामपंथी र लोकतान्त्रिकशक्तिहरु मिलेको सन्दर्श निकाल्दै देशमा केपी ओली बागीको रुपमा रहेका टिप्पणी गर्नुभयाे ।५ वर्षको अवधिमा सबैको घर बस्तीमा जान नपाए पनि जनताकै पक्षमा काम गरिरहेको दाबी गर्नुभयो ।

संविधान सभा सदस्य नरबहादुर पुननिरजले अहिलेको गठबन्धन ५ वर्षसम्म रहने बताउनुभयो। राष्ट्रियता र संविधाको रक्षाका लागि साझा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै टोलटोलबाट लाग्न नेताकार्यकर्तालाई निर्देशनदिनुभयो।

More News last news
Loading...