कांग्रेसले चलायो कारवाहीको छडी, यी ५ नेता पार्टीबाटै निष्काशित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै थप ५ जना नेतालाई निष्काशन गरेको छ ।

आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले महासमिति सदस्य मंगलबहादुर शाही, महाधिवेशन प्रतिनिधिद्वय धर्मेन्द्रप्रसाद यादव र रविन्द्रप्रसाद यादव तथा क्रियाशील सदस्य वीरेन्द्रप्रसाद यादवलाई निष्काशन गरेको हो ।

Advertisement

यस्तै बारा जिल्ला समिति सदस्य रामएकवाल प्रसाद यादवलाई पनि निष्काशन गरिएको संयोजक ढुंगानाले जानकारी दिनुभयो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवार विरुद्ध उम्मेदवार दिएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकालाई कांग्रेसले ५ वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्दै आएको छ।

यी हुन् कांग्रेसबाट निस्काशित ५ नेताहरु

१. मंगलबहादुर शाही –महासमिति सदस्य, हुम्ला
२. धर्मेन्द्रप्रसाद यादव –क्रियाशील सदस्य, बारा
३. रविन्द्रप्रसाद यादव (रोशन) –महाधिवेशन प्रतिनिधि एवं जिल्ला सदस्य, बारा
४. वीरेन्द्रप्रसाद यादव –महाधिवेशन प्रतिनिधि, बारा
५. रामएकवालप्रसाद यादव (शिल्पु) – जिल्ला सदस्य, वारा

More News last news
Loading...