पाकिस्तानी फुटबल टोली नेपाल आइपुग्यो

काठमाडौं l नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी फुटबल टोली नेपाल आइपुगेको छ। टोली आज बिहान आइपुगेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

पाकिस्तान फिफाको निलम्बन फुकुवापछि खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो। बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोली नेपाल आइपुगेको हो।

Advertisement

नेपाल र पाकिस्तानबीचको खेल बुधबार साँझ पाँच बजे त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सुरु हुनेछ। यसका लागि नेपालले कप्तान तथा गोलकिपर किरण चेम्जोङको अनुपस्थितिमा रोहित चन्दको कप्तानीमा टिम घोषणा गरिसकेको छ।

एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ।

टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउने जनाएको छ। विजेता गोलाप्रथाद्वारा छनोट गरिने एन्फाले जनाएको छ।

More News last news
Loading...