मध्यरातमा ठमेलको नाइट क्लबमा सार्वजनिक भयो ओलीको ‘र्‍याप’ गीत

काठमाडौं l चुनावी प्रचारमा व्यस्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यराति ठमेलस्थित एक ‘नाइट क्लब’ पुगेका छन्।

ओली शुक्रबार मध्यरातमा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) क्लब पुगेका हुन्। एलओडी पुगेर ओलीले आफ्नो बखानमा बनेको र्‍याप गीत ‘शहर शहरमा ओली’ सार्वजनिक गरे।

Advertisement

यो र्‍याप गीत यूट्युबमा  एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो।शुक्रबार नै ‘केपी बा’ नामको अर्को र्‍याप गीत पनि सार्वजनिक भएको थियो।

ओलीले ‘युवालाई मन पर्ने र्‍याप गीत सार्वजनिक गर्न’ आफू एल‌ओडी पुगेको सामाजिक सञ्जालमा लेखेका छन्।

More News last news
Loading...