पहिलोपटक नेपाललाई साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि

काठमाडौं । नेपालले साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। बंगलादेशमा शुक्रवार भएको फाइनल खेलमा घरेलु टोली बंगलादेशलाई १ १ गोलको बराबरीमा रोक्दै नेपालले पहिलो पटक उपाधि जितेको हो।

डवल राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १ १ गोलको बराबरीमा रोक्न सफल भएको हो । नेपालका लागि सुशिला केसीले गोल गरिन्। बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल फर्काइन्।

Advertisement

पहिलो हाफमै १९० ले अग्रता लिएको नेपालले दोस्रो हाफमा उक्त अग्रता जोगाउन भने सकेन। ढाकास्थित बीएसएसएसएमके स्टेडियममा खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई सुरूआती अग्रता दिलाएकी थिइन्।

अन्तिम मिनेटमा नेपालले पेनाल्टी बचाएपछि उपाधि नेपालको पक्षमा गएको हो। त्यसअघि ५४ औं मिनेटमा बंगलादेशका लागि रुमा अख्तरले बराबरी गोल गरेकी थिइन्। विपना स्नेहीले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा बंगलादेश गोल गर्न चुकेको थियो।

प्रतियोगितामा अपराजित नेपालले चार खेलबाट ३ जित र एक बराबरीसहित १० अंक जोडेको छ। आयोजक बंगलादेश २ जित र १ बराबरीसहित सात अंकमा सीमित रहदै दोस्रो भयो। तीन टिम सम्मिलित प्रतियोगितामा भुटान अंकविहीन स्थितिमा पुछारमा रह्यो।

नेपालले यसअघि बंगलादेशविरुद्धको पहिलो खेलमा १–० को जित निकालेको थियो भने भुटान विरूद्ध १९० र ७९० को जित निकालेको थियो।

More News last news
Loading...