विश्वकप सुरु हुनै लाग्दा पनि नेपालमा प्रत्यक्ष प्रसारण अन्योलमा

काठमाडौँ । यहि मंसिर ४ गतेदेखि कतारमा हुने २२औं फिफा विश्वकपको नेपालमाभने प्रत्यक्ष प्रसारण अन्योलमा परेको छ ।विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग नेपालका लागि प्रशारण अधिकार खरिद गरेको मिडिया हबले विश्वकपका ६४ खेल हेरेवापत प्रयोगकर्तासँग ५ सय रुपैयाँ शुल्क उठाउने तयारीविरुद्ध सर्वोच्च अदालतमा मुद्धा परेको छ ।

सो मुद्दामा मंगलबार सर्वोच्च अदालतले ‘थप दस्तुर’ उठाउन खोजेको भन्दै यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अल्पकालीन अन्तरिम आदेश जारी गर्नेक्रममा अदालतले मिडिया हबलाई कात्तिक ३० गते उपस्थित हुन आदेश गरेको छ ।

Advertisement

कतारमा विश्वकप हुन चार दिनको मात्र समय राखेर बोलाइएकाले नेपालमा विश्वकपको प्रसारण अन्योलमा परेको प्रशारण अधिकार खरिद गरेको मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले बताए ।

धितालले भने  ‘अदालती प्रक्रियामा हाम्रो पूरा सम्मान छ । तर यथास्थितिमा राख्ने आदेशले सम्पूर्ण तयारी रोकिएको छ । यसले गर्दा समयमा प्रसारण सुरु गर्न चुनौतीपूर्ण भएको छ’ ।

मिडिया हबका अनुसार, फिफाबाट दक्षिण एसियाका लागि प्रशारण अधिकार प्राप्त गरेको भायकम १८ लाई हालसम्म मिडिया हबले २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको र स्थानीय तहमा झन्डै थप ५ करोड रुपैयाँ खर्च भइसकेको छ ।

फिफाले विश्वकपका खेलहरूको प्रसारणमा नेपालको ‘टेरिटोरी लक’ गर्ने भएकाले मिडिया हबबाहेक नेपालमा अरू कुनै पनि माध्यमबाट कतार विश्वकप हेर्न पाइने छैन ।

More News last news
Loading...