प्रचण्ड सवार हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टर सल्यानमा आकस्मिक अवतरण भएको छ ।चुनावी कार्यक्रममा सहभागी हुन सुर्खेत जाने क्रममा मौसम खराब भएपछि उनी सवार हेलिकोप्टर सल्यानको खलंगामा अवतरण गरिएको हो ।

प्रचण्ड सचिवालयका अनुसार हेलिकोप्टर केही समय खलंगामा अवतरण भएर पुनः सुर्खेतका लागि प्रस्थान भएको छ ।

Advertisement

गोरखाको चुनावी कार्यक्रम सकेर उनी आज कर्णाली र सुदूरपश्चिमका चुनावी सभामा सहभागी हुन लागेका हुन् ।

 

More News last news
Loading...