काठमाडौँ । आगामी मंसिर १ गतेदेखि तीन दिन नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । नेपाल–भारत सीमावर्ती जिल्लाहरूको सुरक्षा समन्वय बैठकले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म बन्द गर्ने निर्णय गरेको हो।
रुपन्देहीमा सम्पन्न बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरू र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका डिष्ट्रिक मजिष्ट्रेडसहित सुरक्षा प्रमुखहरू सम्मीलित बैठकले यो निर्णय गरेको हो।
सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन नियन्त्रणका वारेमा जनचेतनाका कार्यक्रम सञ्चालन, निगरानी बढाईने भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
