सन्दीप लामिछाने प्रकरणः अदालतले खोज्यो पीडित किशोरीको जन्मदर्ता

काठमाडौँ। सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको कसूरमा किटानी जाहेरी दिने किशोरीको जन्मदर्ताको अभिलेख झिकाउन अदालतले आदेश दिएको छ।

जिल्ला अदालत, काठमाडौंले लामिछानेविरुद्ध जबर्जस्ती करणीको कसूरमा किटानी जाहेरी दिने किशोरीको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति झिकाउन आदेश दिएको हो ।

Advertisement

उक्त मुद्दाको मुद्दाको थुनछेक बहसका क्रममा लामिछाने पक्षका वकिलले जाहेरीकर्ता नाबालिग नभएको दाबी गर्दै उनको जन्ममितिमा विवाद भएको बताएका थिए।

उनीहरुले किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको विवरण अदालतमा पेश गरेका थिए। तर जिल्ला प्रहरी परिसर, काठमाडौँले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेको कागजातमा उनको जन्ममिति २०६२ जेठ १८ गते उल्लेख छ।

सोही विषयलाई छिनोफानो गर्न अदालतले जन्मदर्ता अभिलेख किताबको सक्कल प्रति झिकाउन आदेश दिएको हो।

More News last news
Loading...