क्रिकेटर सन्दीप लामिछाने जेल चलान

काठमाडौँ । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई जेल चलान गरिएको छ। काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

Advertisement

नाबालिका बलात्कार आरोपमा गत २० असोजमा पक्राउ परेका सन्दीपलाई मुद्दाको किनारा नलाग्दासम्म पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो। सो आदेशपछि उनलाई केन्द्रीय कारागार सुन्धारा पठाउने तयारी भइरहेको छ।

गत २० भदौमा एक बालिकाले सन्दीपविरुद्ध बलात्कार आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन्।

सो उजुरीका आधारमा सन्दीप पक्राउ परेका थिए। गत मंगलबारदेखि थुनछेक बहस भएको थियो। शुक्रबार सरकारी वकिलले बहस गरेपछि न्यायाधीश घिमिरेको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो।

More News last news
Loading...