एमालेको राष्ट्रव्यापी चुनावी अभियान आजबाट, चुच्चे नक्सा समेटिएको ठाउँ दार्चुला जाँदै ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज चुनावी देश दौडाहको सुरुवात गर्न चुच्चे नक्सा समेटिएको ठाउँ दार्चुला पुग्ने भएका छन् ।

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली दार्चुला जान लागेका हुन् । विहिबार धनगढी पुगेका ओलीले

Advertisement

धनगढीमा त्यहाँका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गरेका छन् । एमालेले आज दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने तयारी गरेको छ।

दार्चुला सदरमुकाम खलंगामा अहिले बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन्। यस्तै आजै दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्ने छन्।

एमाले सरकारका पालामा आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सामा समेटिएको ठाउँ (दार्चुला) बाट चुनावी अभियानको सुरु गरेर अतिक्रमित भूमि फिर्ताको मुद्दालाई एमालेले विशेष रुपमा उठाएको छ ।

यसअघि ओली २०७० सालको संविधान सभा निर्वाचनको क्रममा दार्चुलाको गोकुलेश्वर आमसभामा पुगेका थिए। ९ वर्षपछि पुनः ओली दार्चुला जान लागेका हुन्।

More News last news
Loading...