काठमाडौँ । लुम्बिनी प्रदेशको व्यवस्थित राजधानी शहर बसाउने विषयमा स्थलगत अध्ययन गर्न विदेशी विज्ञहरुको टोली दाङको देउखुरी उपत्यका जाने भएको छ। प्राकृतिक विपदसँग सम्बन्धित विदेशी विज्ञहरुको टोली शनिबार दाङ देउखुरी जाने भएको हो ।
शनिबार सानो टोली मात्र जाने र त्यसको केही दिनपछि अर्को ठूलो टोली लामो समयसम्म देउखुरी क्षेत्रमै बसेर अध्ययन गर्न जाने प्रदेश पूर्वाधार विकास प्राधिकरणका सीईओ छविराज पोख्रेलले जानकारी दिए।
पोख्रेलका अनुसार देउखुरी आउ–जाउ गर्ने, खाने–बस्ने र अध्ययन अनुसन्धान गर्ने सबै खर्च उनीहरुले नै व्यहोर्नेछन् । ‘हामीले उनीहरुलाई ठाउँ देखाइदिने र उनीहरुले स्थानीयसँग छलफल गर्दा सहजीकरण गरिदिने काम मात्र हुन्छ, अरु सबै खर्च उनीहरु आफैंले व्यहोर्छन्,’ सीईओ पोख्रेलले भने ।
ललितपुरको हिमालय होटलमा मंगलबारदेखि शुक्रबारसम्म चलेको ‘टुमारो सिटी’ (भोलिको शहर) सम्मेलनमा सहभागी बेलायत, टर्की, केन्या र इक्वेडरका विज्ञहरुको टोलीले अध्ययनका लागि दाङको देउखुरी उपत्यका चयन गरेको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
