सुदूरपश्चिममा पहिलो पटक अफ्रिकन स्वाइन फिभर संक्रमणको पुष्टि

धनगढी । सुदूरपश्चिममा पहिलो पटक अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको छ।

कात्तिक १४ गते जिल्लाको भजनी नगरपालिकामा मरेको बंगुरको शव परीक्षणका क्रममा धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको हो।

Advertisement

पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले मरेको बंगुरको शव परीक्षण र र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रोगको संक्रमण पुष्टि भएको बताए।

उनकाअनुसार संक्रमण भए/नभएको निश्चित गर्न केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौं नमूना पठाइएकोमा रोग पुष्टि भएको छ।

More News last news
Loading...