व्यक्तिगत खर्चमा मात्र डडेल्धुरा जान आयोगले दियो प्रधानमन्त्री देउवालाई अनुमति

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई डडेल्धुरा जान सर्तसहित अनुमति दिएको छ।

आयोगले सरकारी स्रोत साधन प्रयोग नगरी व्यक्तिगत वा पार्टीको खर्चमा मात्र प्रधानमन्त्री देउवालाई आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरा जान अनुमती दिएको हो।

Advertisement

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पत्र पठाएर प्रधानमन्त्री देउवा डडेल्धुरा जाने अनुमति मागेको थियो।

त्यतिबेला आयोगले सरकारी स्रोत साधन प्रयोग गरेर जान नपाइने भन्दै अनुमति दिएको थिएन। तर देउवाले व्यक्तिगत वा पार्टीको खर्चमा डडेल्धुरा जान अनुमति मागेपछि स्वीकृति दिएको आयोगले बताएको छ।

More News last news
Loading...