देशभर थप १ हजार ७१४ जना डेंगु रोगी थपिए, एकजनाको मृत्यु

काठमाडौं । देशभर थप १ हजार ७१४ जना डेंगु रोगी थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना सम्भावित डेंगु रोगी देखिएको विवरण प्राप्त भएको हो।

Advertisement

त्यस्तै, थप १ जना डेंगु रोगीको पनि मृत्यु भएको छ। यो सँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ४९ पुगेको छ । २०७९ साउनदेखि सुरु भएको डेंगु रोगको प्रकोप ७७ वटै जिल्लामा फैलिसकेको छ। 

More News last news
Loading...