काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन गर्ने ६ जना र ८ संस्थालाई स्पष्टीकरण सोधेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि लागु गरिएको निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन गर्ने शीर्ष नेतासहित ६ जना र ८ संस्थालाई स्पष्टीकरण सोधेको सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह जैसवार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका सातौं तहका अधिकृत गोकुल वस्ती र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सिके राउतलाई आयोगले स्पष्टीकरण सोधेको छ ।
यस्तै, हाम्रो नेपाल पार्टीका अध्यक्ष अनन्तराज घिमिरे र प्रतिनिधिसभा सदस्य नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार बद्री मैनालीलाई पनि स्पष्टीकरण सोधेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठान, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, बीमा समिति र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
