काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य पदका उमेद्वार प्रदीप पौडेलले आफुँले निर्वाचन जितेमा भ्रष्ट्राचार अन्त्य गर्न लागिपर्ने बताएका छन् । आज काठमाडौँ क्षेत्र नम्बर ५ अन्तर्गत पर्ने टोखा नगरपालिका-२ को चुनावी प्रचार प्रसार कार्यक्रममा बोल्दै नेता पौडेलले (बीसीडी) अर्थात् ब्रोन ड्रेन, डेभलपमेन्ट र करप्सन अन्त्य गर्दै भ्रष्ट्राचार मुक्त देश बनाउने अभियानको नेतृत्व आफुँले गर्ने प्रतिबद्धता जनाएका हुन् ।
नेता पौडेले भने, ‘‘हामीले ‘बीसीडी’ भनेका छौं। बि भनेको ब्रोन ड्रेन । नेपालका ग्रामिण बस्तीका युवाहरु मलेसिया जानुभएको छ। दुबई र कतार गएर ८०–८५ तलामा रंग लगाएर आफूलाई जोखिममा पर्नुभएको छ। काठमाडौंका युवा पढेर, योग्य भएर नेपालमा आफ्नो योग्यता प्रयोग गर्न नपाएका कारणले विदेशमा गएर बस्नु परेको छ।
‘नेपालमा वौद्धिक पलायनताको स्थिति छ। ब्रोन ड्रेनको समस्या छ। एउटा नेपाली युवा नेपालमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न पाउने स्थिति राज्यले बनाउन सक्छु पर्छ। हामीले त्यस खालको नीति निर्माण गर्ने प्रक्रियाको नेतृत्व गर्नेछौं।’
सि भन्नाले करप्सन, यो ढंगको करप्सन विकसित हुँदै गयो, करप्सनको स्थिति यस्तै रह्यो भने राजनीतिले डेलिभर गर्न सक्दैन। राजनीतिले नैतिकता गुमाउने, राजनीतिक नेताहरुले करप्सनमा संलग्न हुने, करप्सन गर्नेहरुलाई संरक्षण गर्ने हो भने नेपालको राजनीतिप्रति कसैको पनि विश्वास जाग्दैन। त्यसैले, हामीले भ्रष्टाचार अन्त्य गर्नका निम्ति नेतृत्व गर्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छौं, पौडेलले भनेका छन् ।
‘‘डि भन्नाले डेभलपमेन्ट। डेभलेपमेन्टमात्र होइन त्यसको म्यानेजमेन्ट पनि आवश्यक छ। व्यवस्थित ढंगबाट डेभल- प मेन्टलाई अगाडि बढाइयो भने कम खर्चमा धेरै उपलब्धीहरु हासिल गर्न सक्छौं। यी तीन कुरा हाम्रा प्रधान विषयहरु हुन्। म यहाँहरुको बीचमा प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
