कांग्रेसले भन्यो, बागी उम्मेदवारी फिर्ता लिए कारबाही फुकुवा (विज्ञप्तिसहित)

३१ असोजसम्म ‘डेटलाइन’

काठमाडौँ । नेपाली कांग्रेसले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज बिहीवार विज्ञप्ति निकालेर असोज ३१ गतेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको हो ।

उम्मेदवारी फिर्ता लिए पार्टीले गरेको कारबाही फुकुवा हुने उल्लेख छ । हिजो बुधवारमात्रै कांग्रेसले उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासित गरेको थियो ।

Advertisement

पार्टीबाट निष्कासित गरेको एक दिन नबित्दै कांग्रेसले आज उम्मेदवारी फिर्ता लिन आग्रह गरेको हो । नेपाली कांग्रेसका पूर्वसांसद अमरेशकुमार सिंहदेखि केन्द्रीय सदस्य दिनेश कोइरालासम्मले बागी उम्मेदवारी दिएका छन् ।

More News last news
Loading...