काठमाडौं । अब विद्यार्थीले आइडी कार्ड देखाए अस्पतालको ओपीडी शुल्कमा ५० प्रतिशत छुट पाइने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै संघीय अस्पतालमा यस्तो छुट दिने निर्णय गरेको हो।
अब विद्यार्थीहरले संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
