अघिल्लो निर्वाचनमा बामदेवलाई हराएका कांग्रेस नेता गौतम अर्को इनिङको पर्खाइमा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान प्रतिनिधि सभा सांसद सञ्जय कुमार गौतम बर्दिया क्षेत्र नं १ बाट बलियो दाबेदारीका साथ देखा परेका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सत्तारुढ नेपाली कांग्रेसबाट बर्दिया क्षेत्र नं १ बाट गौतम बलियो उम्मेदवारका रुपमा देखा परेका हुन् ।

२०७४ मा सम्पन्न निर्वाचनमा बाम गठबन्धनबाट ‘हेभिवेट’ का उम्मेदवार रहेका बामदेव गौतमलाई हराएर सांसद निर्वाचित भएका सञ्जय बर्दियाका स्थानीय जनतामाझ निकै लोकप्रिय मानिन्छन् । त्यसो त उनले २०७० सालको संविधान सभा निर्वाचनमा पनि बिजयीको झण्डा गाडेका थिए ।

Advertisement

पूर्व सिंचाईमन्त्री समेत रहेका गौतमले आफ्नो कार्यकालमा आफ्नो क्षेत्र मात्र नभई समग्र बर्दिया जिल्लाको लागि बिकासका थुप्रै कार्यहरु गरेका र स्थानीय जनताका हरेक समस्या समाधान गर्नका लागि सडक र संसदबाट सधै पहलकदमी गर्ने हुनाले गौतम निर्विकल्प उम्मेदवार रहेको स्थानीय नेताहरु बताउँछन् ।

पछिल्लो संसदको ५ बर्षे कार्यकालमा उनले बर्दियामा बाघले मच्चाएको आंतक, हुलाकी सडक, बबई सिंचाई आयोजना, गुलरिया न.पा. मा सघन शहरी आयोजना, गुलरिया (रजनहवा)–रम्भापुर सडक जस्ता थुप्रै जनमुखी कार्य गरेका गौतमलाई नेपाली कांग्रेस बर्दिया क्षेत्र नं १ क्षेत्रीय समितिले एक नम्बरमा संघीय सांसदका लागि सिफारिस गरिसकेको छ ।

पछिल्लो १० बर्षदेखि लगातार सांसदमा बर्दियाली जनताका समस्या उठाउने र बर्दियाको बिकासका लागि महत्वपूर्ण योगदान पु-याएकाले कांग्रेसबाट गौतमको बिकल्प खोज्न नहुने आम जनको भनाइ छ ।

More News last news
Loading...