माओवादीले बुझायो समानुपातिक सूची, बाबुरामको पार्टीबाट ५ जनाको नाम

काठमाडौँ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि बन्दसूची बुझाउनका लागि ठूला दलहरू निर्वाचन आयोगको कार्यालय पुगेका छन् । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ।

आज महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनसहितका नेताहरू निर्वाचन आयोग पुगेर सूची बुझाएका हुन् ।

Advertisement

पुनका अनुसार माओवादीको चुनाव चिह्नबाट लड्न तयार भएका डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका पाँच जनाको नाम प्रतिनिधिसभाको बन्दसूचीमा राखिएको छ ।

प्रतिनिधिसभामा भट्टराईको पार्टीका पाँच जनासहित एक सय १० र प्रदेश सभामा दुई सय २० गरी तीन सय ३० जनाको नाम पेस गरिएको महासचिव गुरुङले बताए ।

More News last news
Loading...