काठमाडौँ । छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनशिप २०२२ काे उपाधि बङ्ग्लादेशले जितेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाललाई तीन-एकले हराउँदै बङ्ग्लादेशले उपाधि जित्याे ।
बङ्ग्लादेशकाे जितमा स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गाेल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा सान्त्वना गाेल गरिन् ।
साफ महिला च्याम्पियनशिपले यसपालि नयाँ विजेता पाएकाे हाे । नेपाल भने पाँचाैँ पटक फाइनलमा पराजित बनेकाे छ । यसअघिका सबै संस्करण भारतले जितेकाे थियाे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
