देशभर डेङ्गीबाट ज्यान गुमाउनेको सङ्ख्या २० पुग्यो, काठमाडौँमा झण्डै १० हजार संक्रमित

काठमाडौँ । नेपालमा डेङ्गी सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २० पुगेको छ। देशका विभिन्न ठाउँमा गरी डेङ्गी सङ्क्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाले जनाएको छ।

शाखाका अनुसार अहिलेसम्म १६ हजार पाँच सय ८७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको छ। अहिलेसम्मको तथ्याङ्कअनुसार सबैभन्दा धेरै ललितपुरमा ४००६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

काठमाडौँमा ४,४५४ र भक्तपुरमा ७१३ जना गरी काठमाडौँ उपत्यकामा डेङ्गी सङ्क्रमितको सङ्ख्या ९,७७१ पुगेको छ।उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार पाँच सय ९७ जनामा सङ्क्रमण देखिएको छ।

दाङमा नौ सय ९४, रुपन्देहीमा ६ सय ५९, चितवनमा चार सय १०, गुल्मीमा दुई सय ९२, दार्चुलामा एक सय ८८ र काभ्रेमा एक सय ५२ जनामा सङ्क्रमण देखिएको छ। अरू जिल्लामा सङ्क्रमितको सङ्ख्या एक सयभन्दा कम रहेको महाशाखाको तथ्याङ्क छ।

More News last news
Loading...