काठमाडौंमा डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सुरु

१०२ मा नि:शुल्क एम्बुलेन्स

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेङ्गी सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ। महानगर प्रमूख बालेन्द्र शाहले डेङ्गी भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताएका छन्।

साथै, सङ्क्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर निःशुल्क एम्बुलेन्स सेवा समेत लिन सकिने उनले बताए ।

Advertisement

यसैबीच, डेङ्गी तीव्र रुपमा फैलिएपछि काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाले आउँदो असोज ३ गते परेको संविधान दिवसको अवसर पारेर ‘स्टप डेङ्गी’ अभियान सञ्चालन गर्ने भएको छ।

टोल सुधार समिति र महिला समूहको सक्रियतामा ‘स्टप डेङ्गी’ ‘लामखुट्टे भगाऔँ, डेङ्गु हटाऔंँ’ अभियान सञ्चालन गर्न लागेकाले सबैलाई सहभागी हुन महानगरपालिकाले अनुरोध पनि गरेको छ।

काठमाडौं उपत्यकासहित देशभर डेङ्गीको सङ्क्रमण फैलिएको छ । अझै दुई महिना डेङ्गीको उच्च जोखिम रहेकाले लामखुट्टे नियन्त्रणमा जोड दिइएको छ । लामखुट्टेको टोकाइबाट जोगिन विज्ञले आग्रह गर्दै आएका छन् ।

More News last news
Loading...