काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले स्थानीय चुनावका १ लाख १५ हजार उम्मेदवारले खर्च विवरण नबुझाएकाले कारबाही गर्नुपर्ने बताउनुभएको हो ।
उनीहरुलाई ५ लाख रुपैयाँ जरिवाना र ६ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी कारबाही गर्न सकिने भन्दै थपलियाले भन्नुभयो, ‘कारबाहीमा परेपछि को को असोज २ र ३ गते हुने समानुपातिक बन्द सुचीमा रहन पाइन्न । २३ गतेको प्रत्यक्षमा उम्मेदवार मनोनयन हुदैन ।’
स्थानीय चुनाव जितेकाहरुले पनि खर्च विवरण नबुझाएको भए कारबाही हुने थपलियाले बताउनुभएको छ । चुनावमा खर्च विवरण नबुझाउनेहरुलाई कारबाहीको विषयमा सोमबार निर्णय हुने उहाँले जानकारी दिनुभयो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
