समानुपातिक निर्वाचन कार्यतालिका सार्वजनिक, असोज ३ बन्दसूची बुझाउने अन्तिम दिन

काठमाडौं । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको प्रतिष्पर्धामा सहभागी हुन चाहने दलहरुले असोज २ र ३ गतेभित्र बन्दसूची बुझाउनुपर्ने भएको छ।

निर्वाचन आयोगले आज प्रेस विज्ञप्तिमार्फत् समानुपातिकतर्फको बन्दसूची बुझाउने मितिबारे जानकारी दिएको हो। दलहरुले बुझाएको बन्दसूची छानविन गरी आवश्यकता अनुसार सच्याउन ४ असोज देखि ९ असोजसम्म तय गरिएको छ।

Advertisement

संशोधन गरी पेश गर्ने मिति १० असोज देखि १६ असोजसम्म निर्धारण गरिएको आयोगले जनाएको छ। समानुपातिकतर्फको बन्दसूची पेश गर्दा महिला, दलित, जनजाति, पिछडिएको वर्ग, मुस्लिम, मधेशीलगायतको प्रतिशत समेत सुनिश्चित गरी गर्नुपर्ने निर्देशिका जारी भइसकेको छ।

More News last news
Loading...