काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँटबारे सहमति जुटाउन बसेको सत्तागठबन्धनको बैठक पुनःनिष्कर्षविहिन भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तागठबन्धनका शीर्ष नेताहरुको करिब ४ घण्टा लामो बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो ।
बैठकमा नेताहरुले आ–आफ्नो पार्टीगत अडान कायमै राखेपछि बैठक निष्कर्षमा पुग्न नसकेको नेताहरुले बताएका छन्। बैठकमा सिट बाँडफाँटको लागि गठित कार्यदलले हालसम्म भएका प्रगतिबारे शीर्ष नेतालाई जानकारी गराएको थियो।
बैठकमा सिट बाँडफाँटको लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदनमाथी छलफल भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
सिट बाँडफाँटबारे अझै धेरै विषय मिलाउन बाँकी रहेको जानकारी दिँदै नेता खनालले सोमबार बस्ने बैठकबाट टुंगो लगाउने सहमति भएको जानकारी दिनुभयो। बैठक सोमबार बिहान ८ बजे पुनः बस्ने बताइएको छ।
कार्यदलले करिब ९० सिटमा सहमति जुटाईसकेको दाबी गरिएको छ। बाँकी ७५ सिटमा दलहरूबीच विवाद छ। ७५ सिटमा गठबन्धन आबद्ध दलहरुका दाहोरो तेहोरो दाबी परेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
