प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र आजदेखि छापिँदै

काठमाडौँ । निर्वाचन आयोगले आज शनिवारदेखि चार वटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्दै छ ।

आयोगले प्रदेश १, मधेस, बाग्मती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने योजना बनाएको छ ।

Advertisement

चार वटा प्रदेशका लागि झन्डै एक करोड ३१ लाख थान मतपत्र छाप्ने आयोगले बताएको छ । आयोगले भक्तपुरको जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिएलगत्तै प्रदेश सभा सदस्यको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुने जानकारी दिनुभयो ।

आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ झन्डै २० लाख नमुना मतपत्र छापिँदैछ ।आयोगले भदौ २१ गतेदेखि नमुना मतपत्र छाप्न सुरु गरेको हो। देशभरिका सात सय ५३ वटै पालिकामा नमुना मतदान गर्ने योजना बनाएको आयोगले त्यहीअनुसार मतपत्र छापेको हो ।

हरेक प्रदेशमा मतदाता सङ्ख्या फरक भएकाले मतपत्रसमेत त्यही आधारमा छापिने प्रवक्ता पौडेलले बताउनुभयो ।

More News last news
Loading...