यो साताका प्रिमियर लिगका सबै खेल स्थगित

काठमाडौं । प्रिमियर लिग अन्तर्गत यो हप्ताका खेल स्थगित भएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनको कारण खेल स्थगित गरिएको प्रिमियर लिगले विज्ञप्तीमार्फत जनाएको छ।

प्रिमियर लिगले महारानीको सम्मानमा यस हप्ताको खेलहरु स्थगित गरिएको जनाएको छ।

Advertisement

बेलायतमा सात दशक शासन गरेकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनको निधनसँगै इंग्ल्यान्डमा विभिन्न खेलकुद कार्यक्रमहरु स्थगित गरिएको छ।

More News last news
Loading...