कोरोना संक्रमणबाट आज २ जनाको मृत्यु, १५२ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । सो समयावधिमा १५२ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३२९४ जनामा गरिएको नमूना परीक्षणमा १५२ जना संक्रमित थपिएका हुन् ।

Advertisement

सो समयावधिमा १३३ जना संक्रमित डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर २ हजार ४४८ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाविरुद्धको खोप लगाउनेको विवरण भने प्राप्त नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

More News last news
Loading...