काठमाडौं । बलात्कार आरोपित सन्दीप लामिछानेले आफू पूर्ण निर्दोश रहेको दावी गरेका छन्। उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफू निर्दोश रहेको र मुलुकको कानूनको सम्मान गर्ने बताएका छन् ।
आफूले क्यारेवियन लिगबाट बिदा लिइसकेको र निराधार आरोपको समाना गर्न केही दिनमै नेपाल फर्किने उल्लेख गरेका छन्।कानूनले निर्दोष र सही छानबिन गर्ने पूर्ण आशा राख्ने अपेक्षासमेत राखेका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रहेकै बेला उनलाई क्यारेवियन लिग खेल्न जानु अघि आफूलाई ललाइ फकाइ गरि बलात्कार गरेको भन्दै एक नाबालिगले प्रहरीमा उजुरी दिएकी छन्।
हाल उनी क्याप्टेबाट निलम्बित भइसका छन् । प्रहरीले सन्दीपका लागि पक्राउ पूर्जीसमेत जारी गरिसकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
