संसद्को कार्यकाल थप्ने विद्येयकप्रति आयोगको आपत्ति (विज्ञप्तीसहित)

काठमाडौं । निर्वाचन आयोगले संसद्को कार्यकाल निर्वाचनपछिसम्म हुनेगरि संघीय संसदमा विधेयक पेस भएको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

आज (सोमबार) आयोगले एक विज्ञप्ति जारी गर्दै २०७४ मा हाल कायम रहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा समेत व्यवस्था गरी सङ्घीय संसदमा विधेयक पेश भएको विषयमा ध्यानाकर्षण भएको जनाएको हो।

Advertisement

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘निर्वाचनका लागि उम्मेदवार मनोनयन हुने दिनदेखि नै सभामुख तथा उपसभामुख पदमा नरहने संवैधानिक व्यवस्था भएको सन्दर्भमा प्रतिनिधिसभा वा प्रदेशसभाका अन्य सदस्यहरु सोही पदको लागि हुने निर्वाचनका लागि मनोनयनपत्र पेस गर्ने मितिपछिसम्म कायम रहने गरी कानुन संशोधन गर्नु उपयुक्त देखिँदैन ।’

More News last news
Loading...