संसदको आयु लम्ब्याउने प्रक्रियाबाट पछि हट्यो सरकार, अब संसद् १३ दिन

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयत्नबाट पछि हटेकाे छ। यसअघि दुवै सभाको कार्यकाल लम्ब्याउने गृहकार्यका लागि संसद्मा दर्ता गरिएको विधेयक अघि नबढाउन प्रधनमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री गोविन्दप्रसाद शर्मालाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले दर्ता भएको उक्त विद्येयकको अधिक आलोचना भएको भन्दै प्रक्रिया रोक्न निर्देशन दिएको बुझिएको छ।यो सँगै अब कानुनमन्त्री मनोनयनको अघिल्लो दिनभन्दा बढी कार्यकाल लम्ब्याउने गरी थालिएको कानुन संशोधन प्रक्रिया रोकिने भएको हो ।

Advertisement

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रावधानले विवाद बढाउने भन्दै विधेयक अघि नबढाउने सहमति भएको बताइएको छ ।

उक्त सहमति पछि नै आइतबारको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले कानुनमन्त्री शर्मालाई विधेयक अघि नबढाउन निर्देशन दिएका थिए ।

शुक्रबार राति प्रतिनिधिसभामा दर्ता भएको नेपाल ऐन संशोधन विधेयकमा ‘प्रतिनिधिसभाको नयाँ निर्वाचन भई त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको कार्यकाल स्वतः समाप्त भएको मानिनेछ’ भनेर उल्लेख गरिएको थियो।

सरकारको यो निर्णयसँगै अब प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल मात्र १३ दिन बाँकी रहेको छ । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरिसकेको छ ।

More News last news
Loading...