दोस्रो एकदिवसीयमा आज दिउँसो नेपाल र केन्या भिड्दै

काठमाडौँ । नेपाल र केन्याबिचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल दिउँसो पौने एक बजे नैरोबी मैदानमा सुरु हुनेछ । नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई ७ विकेटले हराएको थियो ।

हिजो भएको खेलमा जितका लागि २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाउँदै भेट्टायो।

Advertisement

नेपालको जितमा आसिफ शेखले सर्वाधिक १ सय १० रनको शतकीय पारी खेले । योसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ।

नेपालले आजको खेल जितेमा श्रृंखला जित्नेछ। तेस्रो तथा अन्तिम खेल पर्सि हुनेछ । यसअघि केन्यासँग भएको पाँच खेलको टि–२० श्रृंखला नेपालले ३–२ ले जितेको थियो।

More News last news
Loading...