पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको ज्यान गयो, २०६ संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर गरी ३ जनाको मृत्यु भएको जानकारी दिएको हो।

यस्तै २ हजार ८६९ नमुना परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

Advertisement

१ हजार ५९५ पीसीआर परीक्षणमा १३४ संक्रमित र १ हजार २७४ एन्टीजेन परीक्षणमा ७२ जनामा संक्रमण देखिएको हो।

आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार ८९१ रहेको छ।

गत २४ घण्टामा ३९८ जना डिस्चार्ज भएका छन्। सोही अवधिमा ९८ हजार ४४० ले खोप लगाएका छन्।

More News last news
Loading...