काठमाडाैं | पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले गोविन्दप्रसाद चौधरीलाई सहअध्यक्ष मनोनित गरेको छ। उक्त पार्टीको हालै सम्पन्न केन्द्रीय कार्यकारीणी समितिको बैठकले चौधरीलाई सहअध्यक्ष पदमा मनोनित गरेको हो । बैठकले केन्द्रीय कार्यकारिणी समितिमा ९८ जनालाई मनोनयन गरेको छ।
त्यस्तै नेपाल समाजवादीले ९३ सदस्यीय राजनीतिक समिति गठन गरेको छ। बैठकले केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्णप्रसाद शर्मालाई जिम्मेवारी तोकिएको छ।
केन्द्रीय कार्यालय प्रमुखमा फणीन्द्र देवकोटा, पार्टी कोष निर्माण तथा परिचालन विभागको प्रमुखमा हरि रिजाल र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नहेन्द्र प्रधानलाई जिम्मेवारी दिएको छ।
बैठकले समाजवादी थारू संघको इन्चार्जमा गोविन्द प्रसाद चौधरी, समाजवादी महिला संगठनको इन्चार्जमा हिसिला यमी, शिल्पी÷दलित महासंघको इन्चार्जमा दुर्गा सोवलाई जिम्मेवारी प्रदान गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
