कोरोना सङ्क्रमणबाट एक जनाको निधन, ४८७ संक्रमित थपिए

 

काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार एक सय ७७ जनाको नमुना परीक्षण गर्दा चार सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । थप एक सय ६४ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा चार हजार दुई सय ९८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन्।

Advertisement

यसैबीच पछिल्लो २४ घण्टामा ३९ हजार चार सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

More News last news
Loading...