काठमाडौँ । पाल्पामा पूर्वमेयर र उपमेयरसहित नेकपा एमालेका १७ जना नेता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
आज एक संयुक्त विज्ञप्ति निकालेर तानसेन नगरपालिकाका पूर्वमेयर अशोककुमार शाही र पूर्वउपमेयर लक्ष्मीदेवी पाठक लगायतले एमालेमा व्यक्तिवाद, नातावाद र कृपावादलाई प्रश्रय दिने काम भएकाले पार्टी छाडेको बताएका छन् ।
पाल्पाका एमाले नेतारु भीमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, बिनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्दे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, बिनोद लुइँटेल, कृष्णकुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक र उमेश घिमिरेले पार्टी छाडेका छन् ।
२–२ पटक संसद विघटन गर्नु र सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी संसद पुनः स्थापना गर्दा पनि पार्टीभित्र समीक्षा गर्न तयार नभएको, नागरिकले विश्वास गरेकै कारण २ तिहाइ जनमत प्राप्त उपलब्धिलाई जोगाउन नसकेको आरोप लगाउँदै उनीहरुले एमाले छाडेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
