कर्णालीमा खेर गयो कोरोनाको १० हजार मात्रा खोप

सुर्खेत । कोरोना संक्रमणको दर फेरि बढ्न थालेपछि सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा र पूर्ण मात्रा लगाइसकेकालाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ ।

तर, कर्णाली प्रदेशका नागरिकले भने खोपलाई बेवास्ता गरेका कारण १० हजार मात्रा खोपको म्याद गुज्रेर खेर गएको छ ।

Advertisement

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्काले दिएको जानकारीअनुसार निर्देशनालयले खोप लगाउनका लागि आह्वान गरे तापनि धेरैले चासो नदिएका कारण १० हजार खोप नष्ट भएको छ ।

कोरोना संक्रमणको सुरुवाती चरणमा खोप लगाउन भीड बढे पनि कोरोना संक्रमण कम हुँदै गएपछि कर्णालीमा खोप लगाउनेहरूको संख्यामा पनि कमी आएको उनले बताए।

निर्देशनालयका अनुसार कर्णालीमा कुल जनसंख्याको ५९ प्रतिशतले कोरोनाको पहिलो मात्रा र ५७ प्रतिशतले दोस्रो मात्रा खोप लगाएका छन् अर्थात् १० लाख ७७ हजार ५ सय २८ जनाले पहिलो मात्रा र १० लाख ४६ हजार ७ सय ४९ जनाले दोस्रो मात्रा लगाएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

 

More News last news
Loading...