काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा आज ७८१ जना नयाँ संक्रमित थपिएका छन् । ४७ सय १२ जनामा कोरोना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज ५ सय ११ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार आज २ जना संक्रमितको मृत्यु भएको छ । यसैगरी, देशभर ५७ सय ७५ सक्रिय संक्रमितको संख्या रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
