मकवानपुरमा कोरोना सङ्क्रमणबाट एकको ज्यान गयो

मकवानपुर l  मकवानपुरमा कोरोना सङ्क्रमणका कारणबाट थप एक ६० वर्षीय व्यक्तिको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।

कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिका–१ का ६० वर्षीय पुरुष रहेको बताइएको छ।

Advertisement

उनको भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो। उनलाई गत साउन १६ गते हेटौँडा अस्पतालमा कोरोना सङ्क्रमणको जाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

More News last news
Loading...