काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनेको ५ दलीय कार्यदलको बैठक जारी छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटका विभिन्न मोडालिटीबारे छलफल भइरहेको छ।
केहीबेर बैठकमा सहभागी भएर निस्किएका कार्यदल सदस्य समेत रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदलले पाएको जिम्मेवारी अनुसार चाँडोभन्दा चाँडो जिम्मेवारी पुरा गर्ने बताए।
‘चाँडोभन्दा चाडो जिम्मेवारी पुरा गर्नेगरी कार्यदलमा छलफल भइरहेको छ। आजको बैठकमा विभिन्न मोडालिटीमा छलफल भएको छ। खुलस्त रुपमा छलफल भएको छ’, कार्कीको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
