‘सिमाना नियमन तथा नियन्त्रण गर्नुपर्ने तत्काल काँडेतार लगाउनुपर्छ’

काठमाडौँ । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले भारतसँगको सिमाना नियमन तथा नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

रावलले सुरुवातमै ‘शरिर देशको सिमाले बन्छ, जनता आत्मा हुन्, स्वाधिनताभित्र अस्तित्व रहन्छ, देशभक्ति उच्च झन’ बोलको कविता वाचन गरेका थिए ।

Advertisement

उनले सिमानामा काँडेतार लगाउने भनेपछि केवल फलामे तार लगाउनेजस्तो बुझिएपनि यो देशको सुरक्षाको अभिव्यक्ति भएको बताए ।

उनले भने, आफ्नो देशको सुरक्षाको लागि सबै देशले सिमाना बलियो बनाएको छन् । हामीले काँडेतार, पर्खाल लगाएपनि हुन्छ । भियाना महासन्धिअनुसार सिमा लागु गरेर पनि सिमाको सुरक्षा हुनसक्छ । हामीले हाम्रो देशको प्रधानसेनापतिको अभिव्यक्ति पनि सुन्यौं ।

नेपाली सेना हाम्रो भरपर्दो शक्ति हो । प्रधानसेनापतिले एउटा कार्यक्रममा भन्नुभयो–हाम्रो देशको सिमनामा काँडेतार लगाउनुपर्छ । उहाँले भन्नुको अर्थ, सिमानाले अब पूर्ण सुरक्षा खोजिरहेको छ भन्ने हो । मलाई पनि यो लागेको छ ।

रावलले धेरै राष्ट्रहरुले आफ्नो सिमानाको रक्षाको लागि पर्खाल लगाएको उदाहरण पेश गर्दै नेपालले पनि आफ्नो सिमानाको राम्रो सुरक्षा गर्नुपर्छ ।

उनले भने,‘हाम्रो छिमेकी भारतले पनि उसको सिमानामा काँडेतार लगाएको छ । सिमा सुरक्षा नभएसम्म नागरिक ढुक्क हुने भावना हुँदैन्, त्यसैले राज्यले सिमा नियमन र नियन्त्रणको लागि काम गर्नुपर्छ ।  सिमा नियमन गर्नको लागि थुप्रै कानून र सन्धि छन् । सबै देशले सार्वभौम देशले आफ्नो सिमाना नियन्त्रण गरेको हुन्छ । अमेरिका र क्यानडामा पनि खुला सिमाना छैन् । अनुमति लिएर जानुपर्छ । भारत र चीनको बीचमा बसेको देश हो, नेपाल । सिमानालाई अन्तर्राष्ट्रिय कानूनअनुसार नियमन गर्नुपर्छ ।’

उनले भारतले बंगलादेशसँग आफ्नो सिमानामा काँडेतार लगाएको स्मरण गराउँदै नेपालले पनि भारतसँग आफ्नो सिमानामा काँडेतार लगाउनुपर्नेमा जोड दिए । उनले भने,भारतसँग सुमधुर सम्बन्ध कायम होस । सिमानामा हाम्रा दशगजा मिचिएको छ । हाम्रा ७७ वटा भन्दा बढि ठाउँमा अतिक्रमण भएको छ ।

यदि हामीले समयमै सिमाना नियमन नगरे, ठूलो समस्या उत्पन्न हुन्छ । सबै देशसँग रोटीबेटी गरे भयो नि त । हाम्रो सिमाना खुला राख्नुहुँदैन् । चीनसँग पनि हामी त्यही चाहन्छौं ।

रावलले नागरिकता विद्येयकको पनि विरोध गरे । उनले अहिले ल्याईएको नागरिकता विद्येयकको पनि विरोध गरे । उनले भने,‘यो नेपालीहरुलाई अल्पमतमा पार्ने षड्यन्त्र हो ।’

More News last news
Loading...